१९ असार २०८३, शुक्रबार

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीलाई लगाइदिए दशैंको टीका

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीलाई लगाइदिए दशैंको टीका

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बडादशैं २०७९ को अवसरमा बिहीवार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक सिंहले टीका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले टीका ग्रहणका लागि उपस्थितलाई जमरा र प्रसाद प्रदान गरेका थिए । इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान ९ बजेदेखि ११ बजेसम्मको समय तोकिएको थियो ।

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवं प्रहरीका परिवारहरू समेतको उपस्थिति थियो । 

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्