२४ असार २०८३, बुधबार

यो बर्खामा पालुंगो पकौडा खाने हो ?

कात्तिक २०, २०७४
यो बर्खामा पालुंगो पकौडा खाने हो ?

काठमाडौं, २० साउन — बर्खाको मौसममा पकौडा खान पाइए त क्या मज्जा हुन्छ है ? यहाँ हामी पालुंगोको पकौडा बनाउन सिकाउँछौं ।


सामग्री

पालुंगोका १० वटा पात
बेसन ७० ग्राम
अलिकति बेसार
एउटा रातो खुर्सानी
आधी चम्चा ज्वानो
आधी चम्चा चाट मसला
एक चम्चा चामलको पीठो
आधी चम्चा नून
पानी

विधि
सबभन्दा पहिला पालुंगोका पात काट्नुस् । एउटा ठूलो कचौरामा बेसन, बेसार, रातो खुर्सानी, ज्वानो, चाट मसला, नून र चामलको पीठो हालेर मज्जाले मिसाउनुस् ।

अब यसमा आवश्यकताअनुसार पानी हाल्नुस् र गाढा पेस्ट बनाउनुस् । अनि त्यसमा पालुंगोका पात हाल्नुस् ।

अब एउटा कराहीमा तेल तताएर पकौडाको सामग्रीहरू फ्राई गर्नुस् । हल्का खैरो रंग नआउन्जेल फ्राई गर्नुस् ।

लौ, पालुंगो पकौडा तयार भयो । यसलाई तात्तातो नै पस्किनुस् । माथिबाट केचअप हालेर खानुभए उत्तम ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्