१६ असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

गोकर्ण विष्टले पनि पाए टिकट, यी हुन् लुम्बिनीमा एमालेबाट टिकट पक्का भएका नेता [सूचीसहित]

गोकर्ण विष्टले पनि पाए टिकट, यी हुन् लुम्बिनीमा एमालेबाट टिकट पक्का भएका नेता [सूचीसहित]

नेकपा एमालेले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

मुख्य नेताहरूको क्षेत्रमा टिकट पक्का भइसकेको छ भने नवलपरासीसहित केही क्षेत्रमा छलफल भइरहेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाटै उम्मेदवार बन्ने भएका छन् भने महासचिव पोखरेल दाङ २ बाट उम्मेदवार बन्नेछन् ।

यस्तै उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ र सचिव गोकर्ण विष्ट गुल्मी २ बाट उम्मेदवारका रूपमा दोहोरिनेछन् ।

१० बुँदे सहमतिको पक्षधर भएकाले विष्टले टिकट नपाउन सक्ने चर्चा थियो ।

हेर्नुहोस्, लुम्बिनीमा टिकट टुंगिएका निर्वाचन क्षेत्रहरू :

बाँके 
१. सूर्यप्रसाद ढकाल
२. टुंगिन बाँकी (राप्रपासँग तालमेलको सम्भावना)
३. किस्मतकुमार कक्षपति

बर्दिया
१. लक्ष्मणराज ज्ञवाली
२. पंकजसिंह राठौर

दाङ 
१. टुंगिन बाँकी (शान्ता चौधरीको सम्भावना)
२. शंकर पोखरेल
३. कोमल वली

कपिलवस्तु
१ बलराम अधिकारी
२ वृजेश गुप्ता
३ मंगल गुप्ता

रुपन्देही 
१. छविलाल विश्वकर्मा
२. विष्णु पौडेल
३. टुंगिन बाँकी (राप्रपासँग तालमेलको सम्भावना)
४. टुंगिन बाँकी
५. टुंगिन बाँकी

नवलपरासी पश्चिम
१. टुंगिन बाँकी (हृदयेश त्रिपाठीसँग तालमेलको सम्भावना)
२. दीपेन्द्रकुमार अधिकारी

गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्ट

अर्घाखाँची
टोपबहादुर रायमाझी

पाल्पा
१. नारायण आचार्य
२. ठाकुर गैरे

प्युठान
सूर्य थापा

रोल्पा
पूर्णबहादुर बुढा​

salt training

कमेन्ट गर्नुहोस्