०८ साउन २०८३, शुक्रबार

काठमाडौं १ मा रवीन्द्रले एमालेको साथ नपाउने, किरण पौडेल उम्मेदवार

काठमाडौं १ मा रवीन्द्रले एमालेको साथ नपाउने, किरण पौडेल उम्मेदवार

हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् । उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए । 

एमालेले काठमाडौं १ बाट किरण पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । एमालेले पार्टीबाटै उम्मेदवारको टुंगो लगाएकाले रवीन्द्रले साथ नपाउने देखिएको हो । 

एमाले र राप्रपाबीच चुनावी तालमेलको तयारी भइरहेको छ । शनिवारसम्ममा दुई पार्टीबीच चुनावी तालमेलबारे अन्तिम निर्णय हुने बताइएको छ । राप्रपासँग तालमेलका लागि एमालेले केही क्षेत्रमा उम्मेदवार तय नगरी खाली राखेको छ । तर, काठमाडौं १ मा एमालेले लगभग उम्मेदवारको टुंगो लगाएको छ । 

रवीन्द्रले यसअघि आफैले पनि बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । उनले काठमाडौं १ मा सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए । 

रवीन्द्र यसअघि २०७४ सालमा साझा पार्टीबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरले मात्र पराजित भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्