२४ असार २०८३, बुधबार

पश्चिम नवलपरासीका बैजनाथ चौधरीले पाएनन् टिकट

पश्चिम नवलपरासीका बैजनाथ चौधरीले पाएनन् टिकट

 नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान मन्त्री बैजनाथ चौधरीको टिकट खोसिएको छ । पश्चिम नवलपरासीबाट उनी प्रतिनिधिसभा आकांक्षी थिए । 

यस अगाडि प्रदेशसभामा चुनाव जितेर भौतिक पूर्वाधार तथा आर्थिक मामिला मन्त्री भएका चौधरीको क्षेत्रमा जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीलाई एमालेले टिकट दिएको छ । 

दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ मा हृदयेश त्रिपाठीको लागि खाली राखिएको छ । चौधरी एमाले लुम्बिनी प्रदेश सहइन्चार्ज समेत हुन् । चौधरी संविधानसभा सदस्य पनि थिए । यो क्षेत्रमा प्रदेशसभातर्फ १ (क) तर्फ मणिप्रसाद गैरे र १ (ख) तर्फ खाली राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्