०४ साउन २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

सभामुख अग्नि सापकोटा चुनाव नलड्ने

सभामुख अग्नि सापकोटा चुनाव नलड्ने

कार्यकाल सकिएको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।

सापकोटाले चुनाव जित्दै आएको सिन्धुपाल्चोक– १ बाट माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका हुन् ।

सत्ता गठबन्धनबीचको भागबण्डामा सिन्धुपाल्चोक– १ माओवादीको भागमा परेको छ । 

‘अग्नि सर चुनाव लड्नु हुन्न होला, माधव सापकोटा चुनाव लड्ने पक्का जस्तै हो,’ सिन्धुपाल्चोकका एक माओवादी नेताले लोकान्तरसँग भने । 

सभामुख सापकोटाले दिउँसो २ बजे आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग भेटघाट राखेका छन् । त्यहीँ उनले चुनाव लड्ने घोषणा गर्न लागेका हुन् । 

सभामुखको कार्यकाल प्रतिनिधि सभाको उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म रहने संवैधानिक व्यवस्था छ । 
 

salt training

कमेन्ट गर्नुहोस्