
टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
मोरङ क्षेत्र नम्बर १(क)बाट उनको नाम सिफारिस भएको थियो ।
उनले टिकट नपाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन ।
उक्त क्षेत्रमा उमाकान्त गौतमले टिकट पाएपछि उनी असन्तुष्टि बनेका हुन् ।
पाटीको नीति सिद्धान्त, विधि पद्धति र प्रक्रिया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल टिकट वितरण गरिएकाले राजीनामा दिएको उनले बताएका छन् ।
‘मोरङमा धेरै नेताहरू माथि अन्याय भएको छ,’ उनले भने ‘अन्याय हुँदा भागिदार बन्न नसक्ने भएकाले राजीनामा दिएको हुँ ।’