२२ असार २०८३, सोमबार

बागलुङमा पहिरोको बितण्डा, एकैपरिवारका चारसहित पाँच जनाको मृत्यु

कात्तिक २०, २०७४
बागलुङमा पहिरोको बितण्डा, एकैपरिवारका चारसहित पाँच जनाको मृत्यु
फाइल तस्वीर 


बागुलङ, २० साउन– 
बागलुङमा पहिरोमा परी एकै परिवारका चारसहित पाँचजनाको मृत्यु भएको छ । पहिलोमा परी एक बृद्धा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अभिरल वर्षापछि गएको पहिरोमा परी निशीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चारजनाको मृत्यु भएको हो । मृत्युमा हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी ६३ वर्षीया श्रीमती नन्दकली, २२ वर्षीया बुहारी बिन्दु र १८ वर्षीया छोरी गीता छन् ।

यस्तै ढोरपाटन नगरपालिका–५ मा गएको पहिरोमा परी ओमप्रकाश विकको मृत्यु भएको छ । घरमाथिबाट गएको पहिरोमा पुरिएर विकको मृत्यु भएको हो ।

निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर एक ७० वर्षीया बृद्धा वेपत्ता भएकी छन् । घरमाथिबाट आएको पहिरोले बगाउँदा ७० वर्षीया खगिसरा सिंजाली बेपत्ता भएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्