
नेकपा एमालेका नेता किशोरी साहले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले मधेस प्रदेशका निवर्तमान प्रमुख सचेतकसमेत रहेका साहले शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाका लागि टिकट नदिएपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले अब स्वतन्त्र वा जनमत पार्टीबाट उम्मेदवारी दिने बताए। उनलाई सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फको उम्मेदवार बनाउने प्रस्ताव गरेको बताइएको छ ।