
स्पेन, २० साउन — नेपाली जनप्रगतिशील मञ्च स्पेनको दोस्रो राष्ट्रिय अधिवेशन भदौ १८ (सेप्टेम्बर ३) मा बार्सिलोनामा हुने भएको छ । बुधवार बसेको मञ्चको बैठकले मञ्चका अध्यक्ष गंगा भुसालको संयोजकत्वमा अधिवेशन तयारी समिति चयन गरेको सदस्यसचिव अर्जुन आर्चायले बताए ।

मञ्चले दोस्रो अधिवेशनलाई भव्य र सभ्य बनाउन विभिन्न सात उपसमितिहरू चयन समेत गरेको छ ।
समन्वयन समितिमा अध्यक्ष गंगा भुसाल, सदस्यहरू श्याम प्रसाद खनाल, रोशन बहादुर गुरुङ, राजेन्द्र सेढार्इं, गगन कुँवर, निर्वाचन समितिमा संयोजक विवेक सापकोटा, सदस्यहरूमा उमेश पुरी, शिव सुवेदी, खानपान तथा मञ्च व्यवस्थापन समितिमा संयोजक कृष्णहरि कँडेल, सदस्यहरूमा दुर्गा प्रसाद गैरे (रामु), ज्ञानबहादुर बस्नेत, आर्थिक समिति संयोजकमा विशाल ढुङ्गाना, सदस्यहरू सूर्य सापकोटा, भोजराज सापकोटा, संगठन विस्तार तथा प्रचार–प्रचार समितिमा संयोजक अर्जुन आचार्य, सदस्यहरूमा अशोक किरण न्यौपाने, सूर्य प्रसाद सापकोटा (धिरज), विधान संशोधन समिति संयोजकमा अर्जुन आचार्य, सदस्यमा विशाल ढुङ्गाना, कृष्ण प्रसाद भुसाल, अतिथि स्वागत तथा व्यवस्थापन समितिमा संयोजक यज्ञ नारायण पौडेल (रमेश), सदस्यहरूमा इन्द्र पोखरेल, दुर्गा प्रसाद गैरेलाई चयन गरेको मञ्चका अध्यक्ष एवं संयोजक गंगा भुसालले लोकान्तरलाई बताए ।

संयोजक भुसालले भने, ‘अग्रगामी परिर्वतनका योद्धाहरूलाई हाम्रो संगठनमा गोलबद्ध गरी एकतामा हातेमालो गर्दै काम गर्न चाहने नेपालीहरूलाई संगठनमा प्रवेश गर्न आग्रह समेत गरेका छन् ।
भुसाल भन्छन्, ‘समाज रूपान्तरणका लागि पहिले आफंैबाट शुरुवात गर्नुपर्छ, हाम्रो संगठनमा आस्था राख्ने र परिवर्तन चाहने सबैलाई अधिवेशनमा भाग लिनसमेत आग्रह गरेका छन् ।’