२२ असार २०८३, सोमबार
प्रतिनिधि सभा निर्वाचन २०७९

आम निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, २५ जनाभन्दा धेरैको संख्यामा नआउन दलहरूलाई आयोगको आग्रह

आम निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, २५ जनाभन्दा धेरैको संख्यामा नआउन दलहरूलाई आयोगको आग्रह

मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज (आइतवार)  उम्मेदवार दर्ता गर्ने कार्यसूची रहेको छ । 

निर्वाचन आयोगले  आज (असोज २३) का लागि तोकिएको कार्यसूचीअनुसार आज मनोनयन दर्ताको कार्यक्रम गर्न लागेको हो । 

आयोगले तोकेको मंसिर ४ गते हुने आम निर्वाचनको निर्वाचनको कार्यतालिका अनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । 

उनले उम्मेदवारी मनोनयनको सबै तयारी पूरा भएको जनाएका छन् ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्ति, सुरक्षा सहित सबै व्यवस्थापन पूरा गरिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले बताएका छन् ।

त्यस बाहेक निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्नसमेत उनले विशेष आग्रह गरेका छन् ।  

यसैबीच आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिताको पूर्णरूपमा पालना गर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गरेका हुन् । 

आयोगले शनिवार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरूलाई रोक लगाइएको जानकारी दिए । 

अन्य निर्वाचन क्षेत्रमा कुनै काम विशेष जान पर्‍यो भने आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख गरिएको उनको भनाई थियो । 

salt training

कमेन्ट गर्नुहोस्