
नेकपा माओवादी केन्द्रले झापा–२ मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य परित्याग गरेलगत्तै हरिकुमार रानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
पोलिटब्युरो सदस्य धर्मशिला चापागाईंलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा आएर एमालेबाट रुष्ट बनेका रानालाई माओवादीका प्रवेश गराएर उम्मेदवार बनाएको हो ।
उनी अर्जुनधारा नगरपालिकाका पूर्व मेयर समेत हुन् । गठबन्धन हुँदा झापा–२ माओवादीको भागमा परेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला समेत रहेको झापामा टिकट वितरणप्रति एमालेका नेताहरू रुष्ट छन् । सो क्षेत्रमा एमालेले भने पार्टीका प्रदेश इन्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।