
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी मनोनयन दर्ताका लागि गोरखा प्रस्थान गरेका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्व सहकर्मी समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेतलाई लिएर प्रचण्ड गोरखा प्रस्थान गरेका हुन् ।
सडक मार्ग हुँदै गोरखा जाने क्रममा प्रचण्ड धादिङको गजुरीमा केहीबेर रोकिएका थिए ।
अघिल्लोपटक चितवन- ३ बाट निर्वाचित प्रचण्ड यसपालि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दैछन् ।
गोरखा २ मा अघिल्लोपटक डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भिड्दा भट्टराईले बाजी मारेका थिए ।