३१ असार २०८३, बुधबार

उम्मेदवारी दर्ता गर्नुअघि चन्द्र भण्डारीले लिए १०२ वर्षीया वृद्धाको आशिर्वाद

उम्मेदवारी दर्ता गर्नुअघि चन्द्र भण्डारीले लिए १०२ वर्षीया वृद्धाको आशिर्वाद

गुल्मीको १ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुअघि नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १०२ वर्षीय पण्डितको आशिर्वाद लिएका छन् ।

उम्मेदवारी मनोनयन गर्न जानुअघि भण्डारीले पंण्डित फर्सुराम पन्थीको आशिर्वाद लिएका हुन् ।

उनले माथिल्लो तम्घासस्थित तम्घास थान देवीको दर्शन गरेका थिए । नेपाली कांग्रेसका नेता भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

गुल्मी–१ बाट नेकपा एमालेका प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् । २०७० सालमा भण्डारीले प्रदीपलाई पराजित गरेका थिए भने २०७४ सालमा प्रदीपले भण्डारीलाई हराएका थिए । २ प्रभावशाली नेताको प्रतिस्पर्धाले गुल्मीको चुनावी रौनक बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्