
नेपाली कांग्रेसका निवर्तमान सांसद डा.अमरेश कुमार सिंहले पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । सप्तरी–४ का निवर्तमान सांसदसमेत रहेका सिंहलाई कांग्रेसले सत्ता गठबन्धनबाट टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसले यसअघिका समानुपातिक कोटामा रहेका निवर्तमान सांसद नागेन्द्र रायलाई टिकट दिएको छ ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघिको संसद्मा सबैभन्दा कम उपस्थित भएका तथा कहिल्यै नबोलेकालाई टिकट दिएर मविरुद्ध षड्यन्त्र गर्नुभयो’, सिंहले उम्मेदवारी दर्तापछि लोकान्तरसँग भने, ‘देउवालाई संसद्मा पढे–लेखेको सांसद चाहिएको छैन ।’