
नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । आइतवार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् । बाजागाजासहित कार्यकर्ताको साथमा बस्नेत उम्मेदवारी दिन निर्वाचन अधिकृतकाे कार्यालय पुगेका थिए ।
बस्नेत अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी बनेकी थिइन् । उनी यसपटकको निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध प्रतिष्पर्धामा छन् । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसद्मा मुखरित भएको बताए ।
उनले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताए । उनले सांस्कृतिक सम्पदाको पुनर्निर्माण र निरन्तरता दिने उद्देश्य रहेको बताए ।
नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी कांग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गरे ।