
धनुषा-३ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल कुमार झाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
उनी रौतहट-१ का निवर्तमान सांसद हुन्।
त्यसै गरी प्रदेश सभामा नेपाली कांग्रेसका रामसरोज यादव र लोसपाका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन् ।