×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

संसदमा कमब्याकको प्रयास : लुम्बिनीका 'हेभीवेट' ब्याटलमा महिला नेत्री

असोज २५, २०७९

NTC
Premier Steels

ठूला राजनीतिक दलबाट लुम्बिनी प्रदेशमा प्रभावशाली नेतासँग भिड्न आधा दर्जन बढी महिला नेत्री प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

Muktinath Bank

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रदेशअन्तर्गत पर्ने २६ निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रमा ‘हेभीवेट’ नेतासँग महिला उम्मेदवार भिड्दैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख पार्टीबाट महिलालाई अगाडि सारिएको छ । दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलसँग चुनाव लड्न सत्ता गठबन्धनले माओवादीकी रेखा शर्मालाई उम्मेदवार बनाएको छ ।


Advertisment
Nabil box
Kumari

दाङ– ३ मा कांग्रेस उम्मेदवारसँग एमाले नेत्री कोमल वली प्रतिस्पर्धामा छिन् ।

Vianet communication

दाङ– १ मा शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीसँग एमाले नेत्री शान्ता चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।

गुल्मी–२ मा एमाले सचिव गोकर्ण विष्ट र नेकपा एसकी सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ । 

अर्घाखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी र निवर्तमान उपसभामुख पुष्पा भुसालबीच प्रतिस्पर्धा हुँदैछ ।

पश्चिम नवलपरासी– १ बाट सदाबहार उम्मेदवार हृदयेश त्रिपाठी र कांग्रेस उम्मेदवार उद्योगपति विनोद चौधरीसँग एमालेले नेत्री सिन्धु जलेसालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै दाङ–१ बाट पार्टीले टिकट नदिएपछि निवर्तमान एमाले सांसद गंगा चौधरी स्वतन्त्र उम्मेदवार बनेकी छिन् । 

प्रदेशबाट प्रतिनिधिसभामा ‘कमब्याक’ गर्न खोजका सबै नेत्रीहरू निवर्तमान सांसद हुन् । धेरै महिला उम्मेदवार एमालेका छन् । 

यसका अलावा प्युठानमा एमाले पोलिटब्युरो सदस्य सूर्य थापा र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल आमनेसामने हुँदैछन् । सूर्य थापाले चुनावी मैदानमा डेब्यु गरेका हुन् भने दुर्गा पौडेल निवर्तमान सांसद हुन् ।

महासचिव पोखरेल र माओवादी नेत्री शर्माको रोचक प्रतिस्पर्धा 

एमाले महासचिव शंकर पोखरेल र शर्माको यो पहिलो चुनावी भेट हो । यही क्षेत्रबाट सिफारिश भए पनि अन्तिममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले चुनाव नउठ्ने घोषणा गरेसँगै शर्माले प्रत्यक्ष चुनाव लड्ने अवसर पाएकी हुन् । 

शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलको साथ छ भने एमालेका उम्मेदवार पोखरेललाई राप्रपा जसपा लगायतका दलको साथ रहनेछ । 

‘हेभीवेट’ पोखरेलसँग विगतमा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेकी नेता शर्माबीच प्रतिस्पर्धा पेचिलो हुने देखिन्छ । २०५१ पछि पोखरेल प्रत्यक्ष निर्वाचन लडेर प्रतिनिधिसभा सदस्य बन्ने दाउमा छन् । 

माओवादी जिल्ला इञ्चार्ज निर्मल आचार्यले गठबन्धनले यो क्षेत्रमा जीत निकाल्ने दाबी गर्छन् । ‘एमालेले प्रदेशको राजधानी बुटवलबाट दाङ ल्याएको बताउँदै आएको छ,’ आचार्यले भने, ‘शंकर पोखरेलले मात्र होइन, तत्कालीन नेकपा हुँदा आएको हो । त्यो राजधानीको नेकपाको हो ।’

एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले महासचिव पोखरेलसँग कसैको प्रतिस्पर्धा हुनै नसक्ने बताए । यो क्षेत्रमा पर्ने घोराही र तुलसीपुर उपमहानगरपालिका एमालेले जितेको थियो । पालिका निर्वाचनमा गठबन्धनबीच असन्तुष्टिले त्यस्तो भएको भन्दै अबको निर्वाचनमा त्यो अवस्था नदोहोरिने माओवादीको दाबी छ ।

अर्घाखाँचीमा टोपबहादुर र पुष्पाको जम्काभेट 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी र कांग्रेस नेत्री पुष्पा भुसालबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

गठबन्धनकी साझा उम्मेदवार एवं संघीय संसद्को निवर्तमान उपसभामुख भुसाल र सचिव रायमाझी दुवै जिल्लाका पुराना नेता हुन् । 

२०६४ सालको चुनावमा तत्कालीन क्षेत्र नम्बर १ बाट रायमाझी माओवादी र २ बाट भुसाल कांग्रेसबाट निर्वाचित भएका थिए । १५ वर्षको अवधिमा दुवैजना सत्ता बागडोरको नेतृत्व तहमा पुगे । तर, प्रत्यक्ष चुनावी जम्काभेट भने पहिलो हो ।

दुवैले मनोनयन दर्तापछि आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे । रायमाझीले २०६४ र ०७० मा माओवादी केन्द्रबाट चुनाव जितेका थिए भने २०७४ मा एमालेका साथमा माओवादीबाटै चुनाव जिते । पहिलोपटक एमालेबाट चुनावी प्रतिस्पर्धा गर्न लागेका रायमाझी र भुसालबीचको भिडन्त रोचक हुने देखिन्छ ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा पुष्पाले तत्कालीन निर्वाचन क्षेत्र २ बाट चुनाव जितेकी थिइन् । त्यति बेला रायमाझीले माओवादीबाट चुनाव जितेका थिए । दोस्रो संविधानसभामा पनि दुवैजना उम्मेदवार बने । रायमाझीले जिते । तर, पुष्पा एमालेका उम्मेदवार डा. दुमन थापासँग पराजित भइन् ।

संघीयतापछिको २०७४ को चुनावमा पुष्पा समानुपातिक उम्मेदवार बनिन् । संघीय संसद्की उपसभामुख उनी अहिले गठबन्धनको सहयोगमा एमाले सचिव रायमाझीसँग भिड्दैछिन् । 

स्थानीय तहको मत परिणाम हेर्दा जिल्लामा एमाले बलियो देखिन्छ । एमालेले ४८ हजार २६०, कांग्रेसले ३७ हजार ९२५, माओवादीले ७ हजार ७९०, राष्ट्रिय जनमोर्चाले ४ हजार २९४ र नेकपा एसले ३ हजार ७६३ मत पाएका छन् ।

शिक्षा, स्वास्थ्य, पर्यटनदेखि समग्र अर्घाखाँचीको विकासको लागि यो पटक जनताले आफूलाई जिताउने दाबी गर्छिन् । 

पूर्व सहकर्मी विष्ट र झाँक्रीको भीडन्त 

गुल्मी– २ बाट योपटक एमाले सचिव गोकर्ण विष्टले आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा गर्दैछन् । 

गठबन्धनबाट नेकपा एसकी सचिव झाँक्री र एमाले सचिव विष्टको प्रतिस्पर्धालाई जिल्लामा रोचक रूपमा लिइएको छ । बलियो संगठन भएको एमालेका विष्टसँग प्रतिस्पर्धा गर्न झाँक्रीलाई गठबन्धनकै पूर्ण भर पर्नुपर्ने अवस्था देखिन्छ ।

सरल नेताका पहिचान बनाएका विष्ट आफ्नो जीतलाई निरन्तरता दिने गरी चुनावी अभियानमा छन् भने योपटक गठबन्धनको बलमा विष्टलाई रोक्ने झाँक्रीको दाउ देखिन्छ । झाँक्रीले गुल्मीमा योपटक जनताले आफूसहित सत्तारुढ गठबन्धनलाई खोजेको बताउँछिन् । 

तर, एमाले गुल्मीका सचिव गणेश श्रीपालीले विष्टको जीत रोक्न संगठन नै नभएकी झाँक्रीलाई सम्भव नभएको दाबी गर्छन् ।

यो क्षेत्रमा २०५६ देखि निरन्तर विष्ट उम्मेदवार छन् । जसमध्ये उनी २०६४ मा पराजित भए पनि अन्य सबै चुनावमा विजयी भएका छन् । विष्टको शालीन स्वभाव र झाँक्रीको आक्रामक पहिचान छ । 

स्थानीय तहको मत परिणामले यो क्षेत्रमा एमालेभन्दा गठबन्धन अगाडि देखिन्छ । नेकपा एसका जिल्ला उपाध्यक्ष राम मल्ल ठकुरीले गठबन्धन र एमालेको असन्तुष्ट मतलाई क्यास गरेर आफूहरूले जीत निकाल्ने दाबी गरे ।

एमालेले भने पार्टीको बलियो संगठन र विष्टको लोकप्रिय मत चुनाव जित्नका लागि पर्याप्त हुने दाबी गर्दै आएको छ ।

दाङ– १ मा शान्ता चौधरी र मेटमणि चौधरी 

दाङ– १ मा नेकपा एकीकृत समाजवादीका नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरी र एमाले नेत्री शान्ता चौधरीको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ । 

शान्ता र मेटमणि पूर्व सहकर्मी हुन् । मेटमणि २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । शान्ता २०६४ र २०७४ मा समानुपातिक सांसद बनेकी थिइन् । 

उनी २०७० मा साविक क्षेत्र नम्बर २ बाट कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन् । 

हाल दाङ क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । 

गएको पालिका निर्वाचनमा लमही र राजपुर कांग्रेस तथा गढवा र राप्ती माओवादी केन्द्रले जितेका छन् । घोराहीमा एमालेले जितेको छ ।

एमालेभन्दा यो क्षेत्रमा गठबन्धन धेरै बलियो भएकाले आफूले सहज चुनाव जित्ने मेटमणिको दाबी छ । तर, शान्ता चौधरी कमैया पृष्ठभूमिबाट आएर पनि राष्ट्रिय राजनीतिमा आफ्नो छवि बनाइसकेकी नेत्री हुन् ।

उनलाई पनि यो क्षेत्रको बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

दाङ–३ मा दीपक गिरी र कोमल वली

दाङको क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपक गिरी र एमाले नेत्री कोमल वलीबीच प्रतिस्पर्धा हुँदैछ ।

पूर्वमन्त्री समेत रहेका गिरी यसअगाडि पनि उम्मेदवार थिए । यो क्षेत्रबाट यसअगाडि तत्कालीन एमालेबाट हिराचन्द्र केसी विजयी भएका थिए । 

केसी अहिले नेकपा एकीकृत समाजवादीमा छन् । केसी ४० हजार २८७ मतका साथ विजयी हुँदा गिरीले ३३ हजार ७३० मत ल्याएका थिए । 

निवर्तमान राष्ट्रियसभा सदस्य वली पहिलोपटक चुनावमा उम्मेदवार बनेकी हुन् । कलाकारिता क्षेत्रबाट केही वर्ष अगाडि मात्रै एमालेमा प्रवेश गरेकी उनलाई पार्टीले अगाडि सारेको हो । 

यो क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डे दाबेदार रहे पनि उनलाई प्रदेशमा झारेर वलीलाई टिकट दिइएको हो ।

क्षेत्र नम्बर ३ मा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरका १५ वटा वडा पर्छन् । 

तुलसीपुरबाहेक तीनवटै पालिकामा कांग्रेसले जितेको छ । 

प्यूठानमा दुर्गा र थापा आमनेसामने

प्यूठानमा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

पौडेल यसअगाडि पनि यहीँ क्षेत्रबाट निर्वाचित भएकी थिइन् भने थापा पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

यसअगाडि एमाले र माओवादी केन्द्रको बलमा चुनाव जितेकी पौडेललाई अहिले पनि सत्तारुढ गठबन्धनले सघाएको छ । 

जिल्लाको पालिकाको निर्वाचनको मत हेर्दा गठबन्धन अगाडि देखिन्छ । तर, विपक्षीप्रति कडा शब्दमा उत्रिन सक्ने थापा आफूले चुनाव जित्ने दाबी गर्छन् ।  

विनोद चौधरी, हृदयेश र सिन्धु जलेसाबीच त्रिपक्षीय प्रतिस्पर्धा 

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा यसपटक प्रतिष्ठित उद्योगी विनोद चौधरी गठबन्धनका तर्फबाट कांग्रेसको उम्मेदवार बनेका छन् ।

यही क्षेत्रमा निवर्तमान सांसद हृदयेश त्रिपाठी र एमालेकी सिन्धु जलेसा पनि प्रतिस्पर्धामा छन् । विनोद चौधरीको उम्मेदवारीले यहाँ चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ । 

त्रिपाठीले २०४८ देखि निरन्तर यही क्षेत्रमा निर्वाचन लड्दै आएका छन्, जसमध्ये २०७० बाहेक अन्य सबै निर्वाचनमा उनले यही क्षेत्रबाट जितेका छन् । 

गएको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर जितेका त्रिपाठीले यो पटक आफ्नै पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन् ।

उनले सूर्य चिह्नबाट उम्मेदवारी दिन नमानेपछि एमाले उनलाई समर्थन नगरी महिला नेत्री जलेसालाई अगाडि सारेको हो ।

यो क्षेत्रमा अब विनोद चौधरी, जलेसा र त्रिपाठीको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । जलेसा २०७० को संविधानसभामा एमालेबाट समानुपातिक सांसद थिइन् । 

चौधरीको उम्मेदवारीले फेरि जिल्लामा खुशीयाली छ । विकासका लागि चौधरी आउनुपर्ने जिल्लाबासीले बताउँदै आएका थिए । आफूले जिल्लामा जनताको विश्वासलाई खेर जान नदिने चौधरी बताउँछन् ।

‘हिजो पनि जनता माझ थिएँ । तर, आजदेखि फरक भूमिका लिएर प्रत्यक्ष रूपमा नवलपरासी– १ का जनतामा आएर यहाँहरूका दुःख समस्यालाई सम्बोधन गर्न सांसद पदमा उम्मेदवार छु । यो क्षेत्रका जनताको विश्वासलाई खेर जान दिने छैन,’ चौधरी भन्छन् । 

यो क्षेत्रमा कांग्रेस एक्लै पनि बलियो छ । त्यसमाथि माओवादी र नेकपा एसको मत जोडिँदा चौधरीलाई सहज हुने देखिन्छ ।

यस क्षेत्रबाट कांग्रेसले ३० हजार ३४२, एमालेले २६ हजार ७७९, राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जसपाले ३ हजार ५५९, नेकपा एसले १ हजार १४१ र लोसपा १०० मत स्थानीय तह निर्वाचनमा पाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x