१९ असार २०८३, शुक्रबार

यथास्थितिमा संविधान संशोधन विधेयक पारित भएपनि मान्य हुन्नः यादव

कात्तिक २०, २०७४
यथास्थितिमा संविधान संशोधन विधेयक पारित भएपनि मान्य हुन्नः यादव
विराटनगर, २१ पुस । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनैतिक समस्या समाधानका लागि संविधान संसोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले दीर्घकालीनरुपमा द्वन्द्व समाधान हुने गरी संविधान संशोधन हुनुपर्ने स्पष्ट पार्नुभयो ।

यथास्थितिमा संविधान संशोधन विधेयक पारित भएपनि आपूmहरूलाई मान्य नहुने उल्लेख गर्दै उहाँले परिमार्जनसहितको विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले संविधान संशोधन विधेयकमा सीमाङ्कनको विषयमा निर्णय गर्नुपर्ने र यसका लागि संसदले बाटो खोल्नसक्ने जिकिर गर्नुभयो ।

उहाँले संविधान संशोधन राजनीतिक समस्या समाधानको उत्तम उपाय भएकाले संविधानलाई सर्वमान्य बनाउन सबै दलले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले संविधान संशोधन विधेयक पारित नभए कुनैपनि निर्वाचन हुन नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले संवैधानिक विवाद देखाएर सीमाङ्कनको समस्या समाधान नगर्ने खेल भईरहेको आरोपसमेत लगाउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्