३१ असार २०८३, बुधबार

नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम

नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम

आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५  उम्मेदवार कायम भएका छन् ।

गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधवार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । 

उनका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कूल छ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा मनोनयनदर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नं १ प्रदेशसभा ‘ख’ तर्फ स्वतन्त्र उम्मेदवारी दिएका नरहरि भेटुवालले फिर्ता लिएका छन् । 

क्षेत्र नं २ को प्रदेशसभा ‘ख’तर्फ नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दिएका राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्