३० जेठ २०८३, शनिबार

काठमाडौंकै एक होटलमा युवतीलाई जलाइयो, प्रेमीसहित २ जना पक्राउ

काठमाडौंकै एक होटलमा युवतीलाई जलाइयो, प्रेमीसहित २ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौंको नक्सालमा एक युवतीलाई पेट्रोल छर्केर जलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २३ वर्षीया पवी खनाललाई जलाएको आरोपमा सिन्धुलीका पदमकुमार श्रेष्ठ र बाराको जीतपुर सिमराका केशव रिजाललाई पक्राउ गरिएको छ ।

‘हामीले पक्राउ गरेर म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले लोकान्तरसँग भने ।  

२४ गतेको घटना भएपनि प्रहरीले अस्पतालले खबर गरेपछि मात्रै थाहा पाएको थियो ।

मृतक युवतीलाई शुरूमा वीर अस्पतालमा उपचारका लागि लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो ।

उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

घटना अनुसन्धान गरिरहेका अधिकारीहरूका अनुसार युवतीलाई पेट्रोल छर्किएर आगो लगाएको देखिएको छ । मृतक युवती पवी खनाल र केशव रिजाल प्रेमी प्रेमिका भएको बताइएको छ ।

उनीहरू नक्सालको होटल क्राउन प्लाजामा गएका थिए ।

उनीहरू पहिला सामान्य अवस्थामा होटल छिरेको तर कोठामा एक्कासि केहि पड्केको आवाज आएपछि हेर्न जाँदा उनी जलिरहेको देखिएको होटलका कर्मचारीले प्रहरीलाई बताएका छन् । 

होटलबाट प्रेमी रिजालसँगै ट्याक्सीमा राखेर अस्पताल पुर्‍याएका थिए । प्रहरीले अहिले अनुसन्धान गरिरहेको बताएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्