२० असार २०८३, शनिबार
गठबन्धन फेरबदलको अवसर

प्रधानमन्त्री देउवाले गरे जसपाका ४ मन्त्रीलाई पदमुक्त

प्रधानमन्त्री देउवाले गरे जसपाका ४ मन्त्रीलाई पदमुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेका छन् ।

आसन्न चुनावमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेकाले असन्तुष्ट रहेका प्रधानमन्त्री देउवाले मन्त्रीहरू पदमुक्त गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भएका मन्त्रीले सम्हालिरहेको कार्यभार प्रधानमन्त्रीलाई तोकेकी छन् । 

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘मौजुदा मन्त्रिपरिषद्का माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्रप्रसाद श्रेष्ठ, माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री मृगेन्द्रकुमार सिंह यादव, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इश्तियाक राई र माननीय वन तथा वातावरण मन्त्री श्री प्रदीप यादवलाई नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री पदबाट सम्माननीय प्रधानमन्त्रीज्यूले पदमुक्त गरी सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरूले सम्हाली आउनुभएको उल्लिखित मन्त्रालयहरूको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्