
भारतका विदेश मन्त्री एस जयशङ्कर इजिप्ट भ्रमणमा जाने भएका छन् ।
उनको दुई दिने भ्रमण आगामी शनिबारदेखि सुरु हुने विदेश मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
दुई देशको सम्बन्ध थप बलियो बनाउन, सहकार्यका क्षेत्र विस्तार गर्न र दुई पक्षीय हितका बारेमा छलफल गर्न उहाँ इजिप्ट भ्रमणमा जान लाग्नुभएको बताइएको छ ।
उहाँले भ्रमणका क्रममा इजिप्टका आफ्ना समकक्षीसहितका सरकारी उच्च अधिकारीहरूसँग अन्तर्राष्ट्रिय चासो र साझा चासो तथा सरोकारका विषयमा पनि छलफल गर्ने जनाइएको छ ।
इजिप्टका विदेश मन्त्री सामेह हसन शौक्रीको निमन्त्रणामा भारतका विदेश मन्त्री जयशङ्करले यही अक्टोबर १५ र १६ मा इजिप्टको भ्रमण गर्ने भएका हुन्। उनले पहिलो पटक इजिप्टको राजनीतिक तथा कुटनीतिक भ्रमण गर्न लागेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले इजिप्टमा रहेका भारतीयहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।