३१ जेठ २०८३, आइतबार

युनाइटेड बेभरेजमा आगलागी

युनाइटेड बेभरेजमा आगलागी
तस्वीर सौजन्य :सञ्जिब पाण्डेको फेसबुक

पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । 

रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो ।

प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । 

उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। 

आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन ।

आगो निभाउने काम जारी रहेको उनले बताए ।

आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ ।

आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्