३० जेठ २०८३, शनिबार

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट रु ४५ लाखको क्षति भएको छ । 

आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामान क्षति भएको छ । 

विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । 

आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । 

आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो । 

उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताए । 

विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्