
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सिद्धार्थनगर रुपन्देहीका नगरपालिका नगर सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।
शुक्रवार बिहान गृहमन्त्री एवम् काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले उनलाई पार्टी सदस्यता प्रदान गरे ।
लुम्बिनी विकास कोषमा काम गरेका श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्छन् ।
उनलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली काङ्ग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाँणले बताए ।