×

NMB BANK
NIC ASIA

स्वर्णीम वाग्लेलाई टिकट नदिइएकोमा बाबुराम असन्तुष्ट

असोज २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

Muktinath Bank

देशकै ठूलो भनेर दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने डा. भट्टराईले बताए । उनले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औँल्याए । उनले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुग्यौं । सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । अहिले आफू तीन पटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने उपदेश दिने ठूला कुरा गर्ने अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन’, डा. भट्टराईले भने, ‘नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ । विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x