२९ असार २०८३, सोमबार

आयात प्रतिबन्ध मंसिर मसान्तसम्मलाई निरन्तर

आयात प्रतिबन्ध मंसिर मसान्तसम्मलाई निरन्तर

सरकारले विभिन्न ४ वस्तुको आयात प्रतिबन्धलाई मंसिर महिनाभरसम्मको लागि निरन्तरता दिएको छ । यसअघि पछिल्लो समय लगाएको प्रतिबन्ध शुक्रवार सकिएसँगै सरकारले पुनः आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । 

सरकारले यसअघि वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न १० प्रकारका वस्तुलाई विलासिता भन्दै प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्राको संचिति कम हुँदै गएको भन्दै त्यसलाई जोगाउन सरकारले ति वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

यस्तो प्रतिबन्ध ६ वस्तुमा हटिसकेको भए पनि १५० सीसी माथिका मोटरसाइकल, निजी कार जिप, विदेशी मदिरा र ३०० डलरभन्दा बढीका स्मार्ट फोनको आयातमा प्रतिबन्ध लगाएको हो ।

यी वस्तुको आयात प्रतिबन्धले राजस्वमा संकलनमा कमी आएको र विदेशी मुद्रा संचिति नघटेको भन्दै व्यवसायीले प्रतिबन्ध हटाउन माग गरेका थिए । तर, सरकारले भने ४ वस्तुमाथिको पूर्ण प्रतिबन्धलाई कायमै राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्