![देवेन्द्र बब्लुको नयाँ गीत ‘थोरै माया’ सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/thorai_maya_hPk4X0HYEx.jpg)
गायक एवं सर्जक देवेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले शुक्रवार सार्वजनिक गरेको गीतको बोल छ, ‘थोरै माया’ ।
आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा उनकै शब्द तथा संगीत छ । विशाल घिमिरेको निर्देशन रहेको भिडियोमा देवेन्द्र स्वयं प्रस्तुत छन् । सुनिल विकको छायांकन रहेको म्युजिक भिडियोलाई उत्तमकुमार कार्कीले सम्पादन गरेका हुन् ।
देवेन्द्रले ‘थोरै माया’ थोरै लोक लय, थोरै पश्चिमी फ्यूजन र धेरै भावना मिसिएको गीत भएको बताएका छन् । उनका ‘म हाँसे हास्छौँ र ?’, ‘भेटै हुन्न कि’, ‘म त पर्खेको पर्खै छु’ लगायतका गीत चर्चित छन् ।