२९ जेठ २०८३, शुक्रबार

सहमति अनुसार कर्जाको व्याजदर एकल अंकमा नझारे आन्दोलन गर्ने उद्योगीको चेतावनी

सहमति अनुसार कर्जाको व्याजदर एकल अंकमा नझारे आन्दोलन गर्ने उद्योगीको चेतावनी

नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशले बैंक वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको व्याजदर एकल अंकमा ल्याउन माग गरेको छ ।

शुक्रवार बसेको परिसंघको बैठकले कर्जा लिँदा भएको सहमति अनुसार व्याजदर एकल अंकमा झार्न माग गदै त्यसका लागि दवाबमुलक अभियान शुरू गर्ने निर्णय गरेको हो ।

मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गइरहेका बेला अर्थतन्त्रको स्तम्भको रुपमा रहेको उद्योग व्यवसायलाई प्रोत्साहन गर्नेभन्दा निरुत्साहन गर्ने काम भएको परिसंघको निष्कर्ष छ ।

अर्थ व्यवस्था कमजोर बाटोमा गइरहेका बेला समस्यामा परेका उद्योग व्यवसाय बैंक वित्तीय संस्थाको निरन्तरको व्याजदर बृद्धिबाट झनै समस्यामा पर्ने अवस्था आएको भन्दै परिसंघले ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकहरूले कात्तिकमा समेत व्याज बढाउने तयारी गरेको भन्दै परिसंघले त्यस्तो भएको खण्डमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्