२८ असार २०८३, आइतबार

आयोगको कल सेन्टर : निर्वाचनसम्बन्धी जिज्ञासा भए सोध्न सकिने

आयोगको कल सेन्टर : निर्वाचनसम्बन्धी जिज्ञासा भए सोध्न सकिने

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको सञ्चालनमा ल्याइएको हो । 

कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ । शुक्रवार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपूर लाभ लिनका लागि सबैलाई आग्रह गरे । त्यस अवसरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी पनि दिए । 

‘यसबाट भरपूर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु’, थपलियाले भने ।

कल सेन्टरमा निर्वाचनसम्बन्धि सबै जिज्ञासाहरु सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्