२९ असार २०८३, सोमबार

नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीका ४ सय ९५ खेलाडी सहभागी

नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीका ४ सय ९५ खेलाडी सहभागी

    राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने “नवौं राष्ट्रिय खेलकुद -२०७९” मा २९ खेलमा नेपाल प्रहरीका ४ सय ९५ जना खेलाडीहरू सहभागी रहेका छन् । 
    पोखरास्थित रंगशालामा शुक्रबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले “नवौं राष्ट्रिय खेलकुद-२०७९”को औपचारिक रूपमा उद्घाटन गरेका छन् । उक्त खेलकुदमा नेपाल प्रहरीको तर्फबाट १९८ महिला खेलाडी र २९७ पुरुष खेलाडी गरी ४ सय ९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको छ ।

 “नवौं राष्ट्रिय खेलकुद -२०७९” अन्तर्गत विभिन्न प्राविधिक कारणले पुरुष क्रिकेट खेल २०७९ भदौ २३ गतेदेखि ३१ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा सञ्चालन भई नेपाल प्रहरीले पहिलो स्वर्ण पदक प्राप्त गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्