१० साउन २०८३, आइतबार

देउवाको निर्वाचन क्षेत्रमा एमाले र बीपी कांग्रेसको तालमेल भाँडियो

देउवाको निर्वाचन क्षेत्रमा एमाले र बीपी कांग्रेसको तालमेल भाँडियो

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरामा नेकपा एमाले र  नेपाली कांग्रेस (बीपी) बीचको तालमेल भाँडिएको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय गरेको हो ।

एमालेले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ''गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस विपी र प्रदेश सभा अन्तर्गत १ र २ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारले चुनावी तालमेल गरी निर्वाचनमा होमिने सहमति भएकोमा कांग्रेस विपीले उक्त सहमति उल्लङ्घन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । एकतर्फी ढङ्गले सम्झौता उल्लङ्घन गरेको कार्य प्रति असहमति जनाउँदै हाम्रो पार्टी नेकपा एमाले डडेल्धुराले यस जिल्लामा कांग्रेस विपीसँग गरिएको चुनावी तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको ब्यहोरा सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायमा हार्दिकताका साथ अपिल गर्दछौ ।'' 

डडेलधुरामा कर्ण मल्ल अब कांग्रेस बीपीबाट एक्लै चुनाव लड्नुपर्ने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्