०९ असार २०८३, मंगलबार

लागूऔषधसहित ४ जना पक्राउ

लागूऔषधसहित ४ जना पक्राउ
प्रतिकात्मक तस्वीर

विभिन्न लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रवार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूको साथबाट १ हजार एम्पुल डाइजेपाम, १ हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन १ हजार एम्पुल र १४० मिलीग्राम खैरो हेरोइन फेला परेको उनले जानकारी दिए ।

मोबाइल ४, डीएल ७ सीएम १५७६ नम्बरको भारतीय कार समेत बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्