
सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका १ युवकको शव विराटनगरको एक गेस्ट हाउसमा फेला परेको छ ।
विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए ।
सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेस्ट हाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।
असोज २६ गते गेस्ट हाउसमा प्रवेश भएको देखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशंका व्यक्त गरे । प्रहरीले हत्या घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ ।