×

NMB BANK
NIC ASIA

उद्यम

पाइलटको लाइसेन्स थन्क्याएर ‘जिम्बु थकाली’मा रमाउँदै विवेकमान, भारतमा समेत विस्तार गर्ने तयारी

असोज २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको पर्यटकीय नगरी, झम्सिखेल । 

Muktinath Bank

त्यहाँ प्रशस्त रेष्टुरेन्ट, होटल छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती होटलहरूको भीडमा एउटा रेस्टुरेन्ट छ, आकर्षक आउटलेटसहित ।


Advertisment
Nabil box
Kumari

रेष्टुरेन्टमा खानाका लागि निकै भीड लाग्ने गर्छ । 

Vianet communication
Laxmi Bank

एक दिनमात्रै हैन, त्यो भीड दैनिक प्रायः हुने गरेको छ । 

भीडबाटै एक ग्राहकले भन्दै थिए, ‘यहाँको खाना असाध्यै मिठो र हाइजेनिक हुन्छ । त्यसैले भीड नै भए पनि पर्खिएर खान आउने गरेको छु ।’

त्यहाँ उपस्थित हुने हरेक ग्राहकहरूले भन्ने गरेको वाक्य पनि हो यो । 

यसरी भीड नै लगाएर खाना खुवाउने रेष्टुरेन्ट कुन हो ? यहाँ भीडले नै रेष्टुरेन्टको प्रचार गरिरहेको छ । 

रेष्टुरेन्ट दुनियाँमा नयाँ स्वाद दिइरहेको यो रेष्टुरेन्टको नाम हो, ‘जिम्बु थकाली एण्ड क्यापिटल ग्रिल ।’

झम्सिखेलमा मात्र हैन, बानेश्वर र नक्सालमा रहेको यसका आउटलेटहरूमा पनि खाना खानेका असाध्यै भीड लाग्ने गर्छ ।

बिहान र बेलुका दुवै समय खाना खानका लागि भीड हुने गरेको सञ्चालकहरू बताउँछन् । 

जिम्बुको ब्राण्ड

जिम्बु, प्रायःको भान्सामा हुने एक किसिमको वनस्पति । 

प्रज्ञा प्रतिष्ठानले जारी गरेको नेपाली शब्दकोष अनुसार, जिम्बुको अर्थ– ‘...गुन्द्रुक जस्तै देखिने, घिउतेलमा फराएर दाल, तरकारी आदि झान्ने काममा प्रयोग गरिने वनस्पति । आयुर्वेदका अनुसार कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने सोही बुटी ।’

प्रायः नेपालीले सुनिरहेकै र सेवन गरिरहेकै जडिबुटी हो जिम्बु । 

तरकारी वा दाललाई थप स्वादिष्ट बनाउनका लागि भान्छामा निकै प्रयोग गरिनेमध्येमा पर्दछ यो जडिबुटी । 

जिम्बुको नाम नसुन्ने वा जिम्बु नरुचाउने विरलै भेटिएलान् । हिमाली जिल्लामा विशेष गरी पाइने यो जडिबुटी पछिल्लो समय ब्राण्ड नै बनेको छ । जसलाई ब्राण्ड बनाउनका लागि युवा उद्यमी विवेकमान शेरचनको ठूलो योगदान देखिन्छ ।

उनले सोही नामलाई ब्राण्ड बनाउँदै काठमाडौंमा जिम्बु थकाली एण्ड क्यापिटल ग्रील रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । 

विगत केही वर्षअघिदेखि उनले यो रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । 

पाइलटको लाइसेन्स बोकेर नेपाल फर्किन नपाउँदाको पल

विवेकमान व्यवसायिक पृष्ठभूमिमा जन्मिए र हुर्किए । उनका हजुरबा, बुढा हजुरहरू मुस्ताङको टुकुचेमा बसोबास गर्थे । पछि उनका हजुरबा काठमाडौंको लाजिम्पाटमा बसाइँ सरे । 

व्यवसायको सिलसिलामा नै उनीहरू बसाइँ सरेका हुन् । सोही क्रममा सन् १९७७ मा विवेकमानको जन्म भएको हो । व्यवसायिक घरानामा जन्मिएका विवेकमानको बाल्यकाल रमाइलोसँग नै बित्यो । 

उनले काठमाडौंको सेन्ट जेभियरमा एसएलसीसम्म अध्ययन गरे । उनले एसएलसी परीक्षा सन् १९९३ मा दिएका हुन् । 

एसएलसी उत्तीर्ण भएपछि उनी कक्षा १२ सम्म अध्ययनका लागि भारत पुगे । 

भारतमा दुई वर्ष बिताएपछि उनी उच्च शिक्षाका लागि १९९५ मा अमेरिका प्रस्थान गरे । 

त्यतिखेर काठमाडौंमा करियरमा ‘डाइभर्सिटी’ थिएन । के खाने भनेर सोध्दा मोःमो वा चाउमिन भनेजस्तै पढाइका लागि डाक्टर, इन्जिनियर र पाइलटबाहेक अरू विकल्प नभएको विवेकमान सम्झन्छन् । 

उनलाई डाक्टर अध्ययनका लागि अलि गाह्रो लाग्ने । त्यसपछि उनले त्यता सोच्दै सोचेनन् । 

इन्जिनियर उनकै बुवा । उनी बुवाले अध्ययन गरेकै विषय अध्ययन गर्ने सोच पनि राखेनन् । बरु परिवारलाई नयाँ पहिचान दिने किसिमले पाइलट अध्ययन गर्ने उनको योजना बन्यो । 

उनी सम्झन्छन्, ‘म डक्टर पढ्न सक्दिनथेँ । त्यतिखेर मेरो सानोबुवा (काका) (दिपालमान शेरचन) पनि रिटार्यड क्याप्टेन । आरएनएसीको क्याप्टेनबाट रिटायर्ड हुनुभएको थियो । खासमा म उहाँबाटै प्रभावित भएको थिएँ ।’

त्यसपछि विवेकमानको सोच भयो पाइलट पढ्ने । 

पाइलट अध्ययनका लागि उनी सन् १९९५ मा अमेरिका पुगे । १९९७ सम्ममा त पाइलट अध्ययन सकाए पनि । अब उनी जहाज उडाउन योग्य बने । इजाजत (लाइसेन्स) पनि पाए । तर, उनलाई जहाज उडाउन मन नै लागेन ।

उनी भन्छन्, ‘अध्ययन सकाएँ । तर मैले जहाज उडाउन मन नै गरिनँ ।’

विवेकमानले अध्ययन सकाएर नेपाल फर्कने सोच बनाएका थिए । तर, त्यतिखेर नेपालमा द्वन्द्वकाल शुरू भएको थियो ।  युद्धको भुमरीमा होमिन उनलाई मन लागेन । उनी अमेरिकामै विभिन्न काम गरेर बसे । 

उनी सम्झन्छन्, ‘म तत्काल नेपाल फर्किन पाएको भए पाइलट नै बन्थेँ होला । तर, उता अर्कै बिजनेशमा रमाउन थालेँ, यताको इन्ट्रेस्ट नै हराइसकेको थियो ।’

विवेकमानका अनुसार, उनीसँग अहिले पनि जहाज उडाउने लाइसेन्स छ । तर उनी त्यता रमाउन नसकिने निष्कर्षमा पुगेर आफ्नै व्यवसायमा रमाइरहेका छन् । 

जब अमेरिकामा होटल लाइन समाते...

द्वन्द्वका कारण नेपाल फर्किन मन नलागेपछि उनले अमेरिकामै केही गर्ने सोच बनाएका थिए । 

उनलाई त्यतिखेर धेरै मान्छेहरूसँग घुलमिल हुन रूची हुन्थ्यो । त्यसैकारण ‘फुड एण्ड बेभरेज’ तर्फ उनको पाइला अगाडि बढ्यो । 

प्रायः होटल क्षेत्रमा काम गरेर नै उनले अमेरिकामा १५ वर्ष बिताए । समग्रमा उनी १५ वर्षको अवधिमा त्यतै सेटल भइसकेका थिए । तर, उनले १५ वर्षपछि भने नेपाल आउने तरखर गरे । 

उनी नेपाल आउनुमा उनको परिवारको हात थियो । 

‘बुवाआमाले पनि बोलाउनुभयो, बुवा र आमासँगै बस्ने, उहाँहरूको सारथी बन्ने हिसाबले म नेपाल आएँ,’ विवेकमानले भने ।​

०००​

विवेकमान सन् २०१० मा नेपाल फर्किए । 

त्यतिखेर नेपालमा ‘फूड एण्ड वेभरेज’ लाइन विस्तार हुँदै थियो । उनले पनि आफूले १५ वर्षदेखि गर्दै आएको व्यवसायलाई नै निरन्तरता दिने सोच बनाए । 

नेपाल आएर उनले आफ्नो बुवाको व्यवसायलाई अगाडि बढाउन पनि सक्थे । तर, त्यता पनि उनले रूची देखाएनन् । उनलाई रेष्टुरेन्ट व्यवसाय नै सहज र रमाइलो लाग्यो । 

नक्सालस्थित भाटभटेनीको चौथो तलामा उनले शुरू गरे, जसको नाम थियो, ‘क्यापिटल ग्रील ।’ सन् २०११ मा उनले क्यापिटल ग्रील शुरूवात गरेका थिए । साथीहरूसँगको साझेदारीमा उनले यो रेष्टुरेनट करीब ७० लाख रुपैयाँ लगानीमा खोलेका थिए  । उनले अमेरिकन डिजाइनमै करीब ३० जना जनशक्ति राखेर सञ्चालन रेष्टुरेन्ट सञ्चालन गरे ।त्यसमा उनले अमेरिकामा सिकेको सीप र आइटम मिसाए । 

क्यापिटल ग्रीलमा ग्राहकहरूको रूची बढ्दै गयो । अझै भनौँ नेपाली युवाहरूलाई यहाँको परिकार खाने र रमाउने बानी पर्न थालिसकेको थियो । 

तर, एउटा विशाल व्यवधान खडा भयो व्यवसायमा – भूकम्प । 

२०७२ मा आएको भूकम्पका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपर्‍यो । यसको असर व्यवसायमा नपर्ने कुरै भएन । भूकम्पपछि मानिसहरूको ‘मूभमेन्ट’ नै कम भयो । 

१५ वर्षसम्म अमेरिकामा बसेका विवेकमानलाई क्यापिटल ग्रीलले काठमाडौंमा पुनः पहिचान दिएको थियो । उनी भन्छन्, ‘१५ वर्ष नेपाल छाडेर गए पनि ५ वर्षमा मलाई स्पेस यसले मलाई दियो ।’

त्यो ५ वर्षको अनुभवमा उनले नेपालको बजार बुझ्ने अवसर पाए । 

नेपालीको चाहना, स्वाद र सन्तुष्टीबारे उनले जानकारीहरू पाए । रेसियोको हिसाबमा प्रख्यात खानाबारे पनि उनले भेउ पाए । 

त्यसपछि शुरू भयो जिम्बु थकालीको यात्रा 

विवेकमानको परिवार नै थकाली । उनले निकै नै सोचविचार गरेर थकाली ब्राण्डलाई नै अगाडि बढाउने सोच राखे । त्यतिखेरसम्म उनले बजार बुझ्दै थिए । 

‘नेपालीहरूको खाने खानामा दालभात तरकारी, साग यस्तै नै थियो, बजार अनुसन्धानमा मैले यस्तो पाएँ,’ उनी भन्छन्, ‘त्यतिखेर रेष्टुरेन्ट त अनेक थियो, तर अर्गानाइज्ड थिएन ।’

त्यसपछि उनले सन् २०१६ को अन्त्यतिरबाट जिम्बु थकाली एण्ड क्यापिटल ग्रील रेष्टुरेन्ट सञ्चालन गरे । उनले नक्सालको नजिकै टंगालमा जिम्बु थकाली एण्ड क्यापिटल ग्रीलको शुरूवात गरे ।

जिम्बुको सोच कसरी आयो ? भन्ने प्रश्नमा विवेकमान भन्छन्, ‘म १८ वर्षसम्म त नेपालमै बसेँ । त्यतिखेर नै मैले जिम्बु चिनिसकेको थिएँ । हाम्रो किचेनमा पनि यसको प्रयोग भइरहेकै हुन्थ्यो । त्यसपछि मैले जिम्बु र थकालीलाई एउटै ब्राण्ड बनाएर अगाडि बढाउने निर्णय लिए र काम गरेँ ।’ 

जिम्बु थकाली रेष्टुरेन्ट बजारमा नयाँ प्रयोग थियो । जसलाई ग्राहकहरूले निकै रूचाइदिए । यद्यपि, शुरूमा ग्राहकलाई बानी पार्न निकै गाह्रो भएको विवेकमान सम्झन्छन् । 

उनी भन्छन्, ‘शुरूमा ट्रेण्ड बसाउनै गाह्रो भएको थियो ।’ उनले ट्रेण्ड बसाउनका लागि निकै ठूलो मेहनत गरे । 

कहिले ब्राण्ड एम्बेस्डर भनेर क्रिकेटर पारस खड्का ल्याए त कहिले मार्केटिङ टिमसमेत राखे उनले । तर, अहिले भने नेपालको कुनाकाप्चासम्म जहाँ जाँदा पनि थकाली खानामा बानीपरिसकेको पाइने विवेकमान बताउँछन् ।

टंगालमा शुरू गरेको तीन वर्षपछि ललितपुरको झम्सिखेलमा उनले नयाँ आउटलेट (शाखा) खोले । झम्सिखेल आउटलेट सञ्चालनमा आएपछि भने मानिसहरूलाई बानी पर्न थाल्यो । ​

झम्सिखेलमा करीब १ करोड ८ लाख रुपैयाँ लागतमा नयाँ आउटलेट खोलेको उनी सुनाउँछन् । त्यहाँ २२ जना जनशक्तिबाट आउटलेट शुरू गरिएको थियो । 

झम्सिखेलमा आउटेट उनले सन् २०१८ को अन्त्यतिर खोलेका थिए । यो आउटलेट सञ्चालनमा आएको झण्डै डेढ वर्षपछि मुलुकमा कोरोना महामारी शुरू भयो । 

कोरोनाको समयमा रेष्टुरेन्ट पूर्ण रूपमा बन्द भयो । 

उनी भन्छन्, ‘त्यतिखेर गाह्रो अवस्था सिर्जना भएको थियो ।’ तर, सरकारले पूर्णरूपमा बन्दाबन्दी खुलाएपछि भने उनको रेष्टुरेन्टले फेरि आफ्नो उचाइ कायम राख्न थाल्यो । 

उनी भन्छन्, ‘कोरोना पछि खोलेको एक महिनासम्म केही गाह्रो भयो । तर विस्तारै आफ्नो उचाइ कायम राख्न थालिहाल्यो ।’

महामारी सकिएपछि उनले करीब १ करोड रुपैयाँमा नयाँ बानेश्वरमा उनले नयाँ आउटलेट विस्तार गरे । 

यससँगै विवेकमान अहिले तीन वटा आउटलेटको एकल सञ्चालन गरिरहेका छन् । 

तीन वटै आउटलेटमा करीब १२० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको उनी सुनाउँछन् ।  

सबै आउटलेटमा एउटै स्वाद  

जिम्बु थकाली एण्ड क्यापिटल ग्रीलको मुख्य विशेषता भनेको सबै आउटलेटमा एउटै स्वाद पाउनु पनि हो । यो स्वाद कायम राख्नका लागि कम्पनीले ‘सेन्ट्रल किचेन’ सञ्चालन गरिरहेको छ । जसबाट तीनवटै आउटलेटका लागि खाना आइटमहरू वितरण गर्ने र स्वादमा एकरुपता कायम राख्ने गरिन्छ । 

सबै आउटलेटमा गएर २ जना सेफले सामान मिलाउने तथा स्वाद मिलाउने गरेको विवेकमान बताउँछन् ।  ‘सेन्ट्रल किचेन’बाट मोमो, अचारजस्ता आइटम आउटलेटमा लगिन्छ । तर ‘चिकेन’ आइटम  भने आउटलेटमै तयार पारिने उनको भनाइ छ । 

उनका अनुसार, खाना भने हरेक आउटलेटमै बनाउने गरिन्छ । 

आउटलेट विस्तारको योजना

विवेकमान अहिले आउटलेट विस्तारको योजनामा छन् । तर, उनी काठमाडौंमा मात्रै केही आउटलेट विस्तार गर्नेछन् । काठमाडौं बाहिर जाने आफ्नो योजना नभएको उनको भनाइ छ । 

बजारमा आउनेबित्तिकै आउटलेट विस्तारमा धेरैले दौडधूप गर्ने गरेको उनलाई मन पर्दैन । उनी भन्छन्, ‘खोल्नेबित्तिकै आउटलेट भन्ने कन्सेप्ट नै गलत छ ।’ 

उनी जिम्बु थकाली काठमाडौंको ब्राण्ड भएको सुनाउँछन् । 

‘अहिले जुन देशबाट आए पनि वा नेपालकै जुन क्षेत्रबाट भएपछि काठमाडौं आएपछि जिम्बु थकाली एकदिन जाउँ भन्ने सोच्छन्’, उनी भन्छन्, ‘त्यसकारण यो काठमाडौंकै ब्राण्ड हो । योभन्दा बाहिर जाँदिनँ ।’

इण्डियामा फ्रेन्चाइजको तयारी 

विवेकमानले जिम्बु थकालीलाई इण्डियन बजारमा बिस्तार गर्ने योजना बनाएका छन् । यसका लागि आफ्नै केही साथीहरूसँग सहकार्य गर्ने उनको तयारी छ । २०२३ भित्रैमा इण्डियामा फ्रेन्चाइज खुल्ने उनको भनाइ छ । 

उनी भन्छन्,‘स्वभावैले म फ्रेन्चाइजको विरोध गर्छु । तर इण्डियामा धेरै सम्भावना भएको र आफ्नै साथीहरूले फ्रेन्चाइज खोल्ने भनेको भएर मात्रै त्यता चाहिँ हुन्छ भनेको छु ।’ 

उनले इण्डियामा नेपाली खानाले धेरै ठूलो बजार पाउने सम्भावना आफूले देखेको समेत सुनाए ।  नेपालभित्रै भने फ्रेन्चाइज विस्तार गर्ने उनको सोच छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x