
सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ ।
सत्तारूढ गठबन्धनकोतर्फबाट मतदातामा साझा अपिल जारी गर्नको लागि गठबन्धनका शीर्ष नेताहरू जुट्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।
आइतवार काठमाडौंको काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा आयोजित काठमाडौं–२ को उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले अपिल जारी गर्न लागेको प्रचण्डले बताएका हुन् ।
दिउँसो २ बजेका लागि नै गठबन्धनको बैठक बोलाइएको भए पनि काठमाडौं क्षेत्र नम्बर–२ को उम्मेदवार परिचय कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाल सहभागी भएकाले बैठक बस्न ढिला भएको उनले बताए ।
आजको बैठकबाट गठबन्धनले भोट माग्नको लागि अपिल जारी गर्न लागेको हो ।
चुनाव लक्षित अपिलको शीर्षक ‘संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन’ हुने प्रचण्डले बताए ।