०३ साउन २०८३, आइतबार

नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्सको पुरुष १० हजार मिटरमा दीपक अधिकारीको कीर्तिमान

नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्सको पुरुष १० हजार मिटरमा दीपक अधिकारीको कीर्तिमान

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित आइतवार स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा भएको दौडमा दीपकले गोपीचन्द्र पार्कीको कीर्तिमानलाई उछिन्दै स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै स्वर्ण जितेका हुन् । 

यसअघि गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेण्डको कीर्तिमान रहेको थियो । सोही प्रतिष्पर्धामा गोपीचन्द पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेण्डमा पूरा गरे । तेस्रो आर्मीकै गजेन्द्र राईले कास्य पदक हात पारे । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेण्डमा पूरा गरेका थिए । 

उता महिलातर्फ १० हजार मिटरको महिला प्रतिष्पर्धामा भने वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी थिइन् ।

एथलेटिक्सको ४ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लवकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । जयरानीले यसअघि ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव २ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । 

यस प्रतिष्पर्धामा एपीएफकी भागीरथीकुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डमा पूरा गर्दै रजत पदक निकाल्दा एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समय निकाल्दै कास्य पदकमा चित्त बुझाइन् ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जिते । सूर्यले १.९० मिटरको उचाइ नाघेर स्वर्ण जितेका हुन् । यस्तै, बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाइ नाघ्दै रजत तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर नै उचाइ नाघेर कास्य जितेका छन् । 

यही इभेन्टमा आर्मीकी खगिता सिन्जाली मगरले आइतवार बिहानै स्वर्ण पदक जितेकी थिइन् । पोखरा रंगशालामा आइतवार भएको खेलमा १.५२  मिटर उचाइ नाघेर स्वर्ण पदक जितेकी हुन् । यसै इभेन्टमा आर्मीकै बिन्दु थनेटले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य पदक जिते । बिन्दुले १.५० तथा सीमाले १.४१ को उचाइ नाघेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्