१० साउन २०८३, आइतबार

‘के घर के डेरा’को शीर्ष गीत : काठमाडौंका डेरावालको पीडा

‘के घर के डेरा’को शीर्ष गीत : काठमाडौंका डेरावालको पीडा

तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘के घर के डेरा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा काठमाडौंमा डेरा लिएर बस्नेहरूको पीडा व्यक्त गरिएको छ । 

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ काठमाडौंमा घर हुने र डेरामा बस्नेको विषयवस्तुमा निर्माण भएको हो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतको शीर्ष भूमिका छ । युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् । चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्