०२ साउन २०८३, शनिबार

भारोत्तोलनमा ओलम्पियन कमललाई स्वर्ण

भारोत्तोलनमा ओलम्पियन कमललाई स्वर्ण

नेपाली सेनाका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरि कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । 

सेनाकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरि कुलमा २०९ केजी भारका साथ रजत पाए । यस्तै सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्नाचमा ९२ केजी, क्लिन एण्ड जर्कमा ११६ केजी गरि कुल २०८ केजी भारका साथ कास्य प्राप्त गरे ।
आजै सम्पन्न महिला नेपाल प्रहरीकी टिकामाया गुरुङ्गले स्वर्ण हात पारिन् । टिकाले स्नाचमा ६० केजी, क्लिन एण्ड जर्कमा ८० केजी गरि कुल १४० केजी तौल भारका साथ स्वर्ण जितेकी हुन् । दोश्रो स्थानमा सेनाकी प्रभा थारु रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७१ केजी भारका साथ कुलमा १२९ केजीका साथ रजत प्राप्त गरिन् । लुम्बिनीकी कृष्णकला बिष्टले स्नाचमा ५६ केजी, क्लिन एण्ड जर्कमा ७२ केजी गरि कुल १२८ केजी तौलका साथ कास्य पाईन् ।
महिला ५९ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ८५ केजी गरि कुल १५३ केजी तौल भार बहन गरिन् । पुलिसकी देवी कुमारी चौधरीले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२८ केजी भारका साथ रजत र सेनाकी अश्मिता पुलामी मगरले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२३ केजी भारका साथ कास्य पाईन् ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकास कुसारीले पदक वितरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्