
नेपाली कांग्रेस बैतडीका संस्थापक तथा पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार भट्ट श्वासप्रश्वासका बिरामी थिए ।
भट्ट केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रहहेपनि सामाजिक क्षेत्रमा पनि निकै परिचित नाम हो । नेपाली कांग्रेस बैतडीको सचिवसमेत रहिसकेका भट्टले विभिन्न सङ्घसंस्थाको नेतृत्वसमेत गेका थिए । भट्ट नेपाल परिवार नियोजन सङ्घ बैतडीको सभापतिसमेत थिए । श्रीकेदार मावि पिपलकोटको संस्थापक प्रधानाध्यापकका रूपमा काम गरेका भट्टले समाज परिवर्तनका लागि थुप्रै काम गरेका थिए ।