१२ असार २०८३, शुक्रबार

आजपनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक ३, २०७९
आजपनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बुधबारदेखि सुरु भएको पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाउने कार्यक्रम बिहीबार पनि जारी रहनेछ ।

स्वास्थ्य सेवा   विभाग, परिवार  कल्याण महाशाखाका अनुसार राष्ट्रिय भिटामिन ‘ए’     कार्यक्रमअन्तर्गत ती औषधि खुवाउन लागिएको हो । 

छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र  एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।  

आज अन्तिम दिनसम्म करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’   क्याप्सुल र करीब २३ लाख ९३ हजार  बालबालिकालाई जुकाको  औषधि खुवाइने छ  ।

salt training

कमेन्ट गर्नुहोस्