०५ साउन २०८३, मंगलबार

राष्ट्र संघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि नेपाली सेनाको टोली माली प्रस्थान

कात्तिक ३, २०७९
राष्ट्र संघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि नेपाली सेनाको टोली माली प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा मालीमा तैनाथ नेपाली शान्ति सेनाको टोली बदली भएको छ । मालीमा तैनाथ सेनाको ईओडी गुल्मको आठौँ डफ्फालाई बदली गर्न सोही गुल्मको नवौँ डफ्फा बुधवार त्यसतर्फ गएको हो । प्रमुख सेनानी पवन थापाको नेतृत्वमा ७५ जना शान्ति सैनिकहरू राष्ट्रसंघको चार्टर विमानबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ । 

उक्त मिसनमा तैनाथ आठौँ डफ्फाको अन्तिम टोली भोली स्वदेश आइपुग्नेछन् । प्रमुख सेनानी संगीत पुन नेतृत्वको ७५ जना नेपाली शान्ति सैनिकहरू स्वदेश आइपुग्ने जनाइएको छ । 

शान्ति स्थापना कार्यको लागि नेपाली सेना लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा राष्ट्र संघीय मिसनहरूमा सहभागी भइरहेको छ । नेपाली सेनाले शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्