२९ असार २०८३, सोमबार

युएईले जित्यो, तर विश्वकपबाट बाहिरियो

कात्तिक ४, २०७९
युएईले जित्यो, तर विश्वकपबाट बाहिरियो

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स र श्रीलंका दोस्रो चरणमा पुगेका छन् ।

बिहीवार भएको खेलमा नामिबिया यूएईसँग ७ रनले पराजित भएसँगै नेदरल्यान्ड्स र श्रीलंका अर्को चरणमा पुगेका हुन् । नेदरल्याण्ड्सलाई पराजित गरि दोस्रो राउण्डमा प्रवेश गरिसकेको थियो ।
 
नेदरल्याण्ड्स दोस्रो चरणमा पुग्न नामिबिया पराजित हुनु पर्ने थियो । युएईले लिएको दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नामिबीयाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन मात्र बनायो ।

त्यस अघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । 

जितका बाबजुत यूएई प्रतियोगिताबाट बाहिरिदा नेदरल्याण्ड्स भने समूह ए को उपबिजेताको रुपमा अर्को राउण्डमा पुगेको छ ।

नेलरल्याण्ड्सले दोस्रो राउण्डको सुपर १२ मा समूह एकमा प्रवेश पाएको छ । यस समूहमा नेदरल्याण्ड्स सहित भारत , पाकिस्तान रहेका छन् ।

समूह ए को शीर्ष स्थानमा रहदै श्रीलंका सुपर १२ मा पुगेको छ । 

उसले सुपर १२ मा आयोजक सहित न्युजिल्याण्ड तथा इंग्ल्याण्ड लगायतका मुलुकसँग खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्