०८ असार २०८३, सोमबार

तिहारको छेको पारेर  ‘के घर के डेरा’ र ‘नालापानी’ आजदेखि रिलिज

कात्तिक ४, २०७९
तिहारको छेको पारेर  ‘के घर के डेरा’ र ‘नालापानी’ आजदेखि रिलिज

काठमाडौं । शुक्रवार (आज)देखि दुई नेपाली फिल्म हलमा रिलिज भएका छन् ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ र रिमेश अधिकारी निर्देशित फिल्म ‘नालापानी’ तिहारको अवसर पारेर शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएका हुन् । 

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतको अभिनय रहेको ‘के घर के डेरा’ ड्रामा र कमेडी जनरामा बनेको हो ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । 

‘नालापानी’ भने ऐतिहासिक कथामा निर्माण भएको हो । 

नेपाली विरताको गाथा भनिएको फिल्ममा अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त, पूजना प्रधान लगायतको अभिनय छ । 

मनोज शाक्य फिल्मका निर्माता हुन् । दुई नेपालीसँगै हलिउड फिल्म ‘ब्ल्याक एडम’ पनि शुक्रवारदेखि हलमा लागेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्