मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नमूना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
नेकपा एमालेका अध्यक्ष उठेको झापा ५ मा २५ जना उम्मेदवार छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारी चुनावी मैदानमा छन् ।
एमालेसँग केही क्षेत्रमा चुनावी तालमेल गरेको जसपाले पनि ओलीविरुद्ध उम्मेदवारी दिएको छ । जसपाबाट ओममाया आङदेम्बे उम्मेदवार छिन् ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाटसुरेश कुमार पोखरेल उम्मेदवार छन् ।
यही क्षेत्रमा लेखक युग पाठक पनि स्वतन्त्र उम्मेदवार छन् । उनको चिह्न पुतली छ ।