०४ असार २०८३, बिहीबार

कोठामा प्वाल बनाई लजमा आएका पाहुनाको गोप्य भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ

कात्तिक ४, २०७९
कोठामा प्वाल बनाई लजमा आएका पाहुनाको गोप्य भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ

काठमाडौं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

प्रहरी बृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोलीले उक्त लजका म्यानेजरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि १५ घर भई उक्त क्याफेको म्यानेजर पदमा कार्यरत ४२ वर्षका मुकेश माली रहेका छन् । मालीको फोन जाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरूको रेकर्डेड भिडियो फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले मालीले भिडियो खिच्न प्रयोग गरेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ । 

पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर’ अन्तर्गत ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्