×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

गठबन्धनको भेलामा देउवा– लालसलाम पनि हामी हौँ, जय नेपाल पनि हामी हौँ, उदार भएर भोट हाल्नुस् !

कात्तिक ४, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको लागि सत्ता गठबन्धन अपरिहार्य रहेको बताएका छन् । उनले गठबन्धनप्रति कुनै पनि बहानामा शंका, उपशंका नगर्न आग्रह गर्दै परिवर्तन र संविधान बचाउनको लागि ठूलो हृदयका साथ निर्वाचनमा लाग्न आग्रह गरे ।

Muktinath Bank

सत्ता गठबन्धनले शुक्रवार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै देउवाले अहिलको गठबन्धन बचाउन आवश्यक रहेको बताए । ‘देश अहिले महत्वपूर्ण मोडमा उभिएको छ’ सभापति देउवाले भने, ‘ठूलो लडाइँबाट ल्याएको संविधान, गणतन्त्र र संघीय व्यवस्थालाई सिध्याउने प्रयास भइरहेको छ । प्रतिगमनकारी शक्तिबाट अहिलको अवस्थालाई बचाउनुपर्छ । त्यसैले कही कतै भ्रम सिर्जना गर्न हुँदैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले हाम्रो गठबन्धनबाट मलाई प्रधानमन्त्री बनाइएको हो’ सभापति देउवाले संवोधनका क्रममा भने, ‘गठबन्धनप्रति शंका गर्ने ठाउँ दिनुहुँदैन । नेपालमा परिर्वतन बचाउन पनि गठबन्धन आवश्यक छ ।’ गठबन्धनको कारण सबैलाई उम्मेदवार बनाउन नसकेको बताउँदै देउवाले टिकट नपाएको भन्दैमा अहिलेको सिस्टम गुम्न दिन नहुने बताए । भोलि पनि गठबन्धनकै सरकार बन्ने बताउँदै एक भएर जान सबैलाई देउवाले आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

‘लालसलाम पनि हामी हौँ ।  जय नेपाल पनि हामी हौँ’, देउवाले भने, ‘उदार हृदयका साथ कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीका साथीहरूले जिताउन लाग्नुहोस् । माओवादीले पाएको ठाउँ कांग्रेससहित सबै दल लाग्नुहोस् अन्य दलले पाएको ठाउँमा पनि सबै एक अर्काका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x