२६ असार २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

कात्तिक ४, २०७९
प्रतिनिधिसभा निर्वाचन : राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो ।

'कानूनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,' सर्वोच्चको आदेशमा भनिएको हो ।

उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए । 

यसअघि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

बैंकिङ कसूरमा कालोसूचीमा नाम रहेको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी खारेजी गरिदिएको थियो ।

गुरुङको उम्मेदवारी खारेजीसँगै रुपन्देही– २ मा गठबन्धन उम्मेदवारविहीन बनेको छ । 

हेर्नुहोस्, आदेश :


 

salt training

कमेन्ट गर्नुहोस्