३१ असार २०८३, बुधबार

गुरूङको उम्मेदवारी खारेजीसँगै विष्णु पौडेललाई सहज

कात्तिक ४, २०७९
गुरूङको उम्मेदवारी खारेजीसँगै विष्णु पौडेललाई सहज

रूपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेजीसँगै सत्ता गठबन्धन उम्मेदवारबिहीन बनेको छ । निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै गुरूङको उम्मेदवार बन्ने बाटो बन्द भएको हो । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका गुरूङको उम्मेदवारी खारेजीले एमाले उम्मेदवार विष्णु पौडेललाई सहज हुने देखिन्छ । रूपन्देही–२ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले लगातार जित्दै आएको क्षेत्र हो । रुपन्देही २ चर्चाको क्षेत्र हो । 

पौडेलले बुटवलबाट २०६४, २०७० र २०७४ मा लगातार जित निकालेका थिए । रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवार कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेजीको कारण माग गरेको छ । उम्मेदवारी खारेजीपछि कायम राख्न अन्तरिम आदेश माग्दै सर्वोच्च अदालत गएका छन् ।  

अब गठबन्धनले यहाँ कुन उम्मेदवारलाई समर्थन गर्ने हो भन्ने चासोका साथ हेरिएको छ । रूपन्देही–२ मा १५ जना उम्मेदवार छन् । राष्ट्रिय जनमुक्तिका कार्यकारी अध्यक्ष केशवबहादुर थापा (सुर्यवंशी) ले रुपन्देही–२ बाट उम्मेदवारी दिएका छन् भने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासी पनि उम्मेदवार छन् । 

पौडेलले यहीबाट जितेर रुपन्देहीमा धेरै विकास आयोजनाहरू अगाडि बढाएका छन् । ठूलो विकासका पूर्वाधार पूरा गर्न उनी निरन्तर लागिरहेको बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्